बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरवलोकन गर्नुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरवलोकन गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेको बताए।

उनले सरकारको यो नीति पुनरवलोकन गर्न माग गरे। सांसद केसीले सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताए।

सांसद केसीले देशमा दर्जनौं सुकुम्बासी आयोग बने पनि सुकुम्बासीहरूको समस्या समाधान हुन नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *