एमाले सांसदको प्रश्न- सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ?

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्। ६ महिना करिब हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भनी सत्तारूढ गठबन्धनलाई प्रश्न गरे।

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरू संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने बताए।

सांसद आचार्यले सरकारले जे मन लाग्यो त्यही गर्न नमिल्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर