संसद राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : लेखनाथ दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन्। उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताए।

उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताए। सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पारे।

उनले कोही हराएको विज्ञापन संसदमा गर्न नहुने बताए। उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहसहरू हुने गरेका भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरूको ध्यानाकर्षण गराए।

नले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताए। उनले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर