संवैधानिक निकायहरूलाई ‘रिटायर्डहरूको क्लब’ जस्तो नबनाऔं : माधव सापकोटा

प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरूलाई ‘रिटायर्डहरूको क्लब’ जस्तो बनाउन नहुने टिप्पणी गरेका छन्।

सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुनेसमेत बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले त्यस्ता व्यक्तिहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको बताए।

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाएका विज्ञहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाए मात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धी समस्या समाधान हुने सांसद सापकोटाको भनाइ छ।

सांसद सापकोटाले ठूला नेताहरूलाई धारे हात लगाउनेभन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर