एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छ : अमरेशकुमार सिंह

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताएका हुन्। उनले देश दुर्घटनामा जानुमा चार-पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताए।

उनले देशलाई भागबण्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए। उनले हालसम्मका सत्ताले जानीजानी नागरिकता विधेयक पारित नगरेको पनि बताए।

उनले नागरिकताको सवाल कुनै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर