भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७३ औं स्थापना दिवसमा काठमाडौंमा शास्त्रीय संगीत प्रस्तुत

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७३ औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहित स्थापना दिवस मनाइएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषदका पूर्व छात्रहरूको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए । सो अवसरमा नेपालका अभिनेता पुष्प खड्कासमेत सहभागी भएका थिए । कार्यक्रममा कलाकारहरूले विभिन्न विधाका शास्त्रीय संगतीहरूले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी, शिक्षकहरूका साथै कलाकारहरूद्वारा शास्त्रीय रागहरूलाई प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर