महोत्तरी मालपोतका नायव सुब्बा र भू-सेवा केन्द्रका लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *