नेपालको राजनीतिमा विकृतिको भारी छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे।

उनले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको पनि उल्लेख गरे। सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको उनको भनाइ छ।

अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको नेपालले दाबी गरे। कसरी असल संस्कार भएका कम्युनिष्ट बन्ने भन्नेबारेमा बृहत छलफल र बहस गर्न जरुरी रहेको उनले बताए। अध्यक्ष नेपालले सच्चा कम्युनिष्टहरु एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर