विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाउँछौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन्।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन ः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरूबीच एउटै पार्टी हुने पनि बताए।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरूको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि आग्रह गरे। उनले नेकपा (मसाल), नेकपा (संयुक्त) लगायतका साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे।

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरूबीच एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर