नेताहरूको सनकको भरमा नेकपा फुट्यो, पुनर्जीवित गर्न लागिपर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन्।
केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जीवित गराउनका लागि अपिल गर्ने पनि उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताए।
उनले नेताहरूको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले नेकपालाई पुनर्स्थापित गर्नका लागि बिनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए।
प्रधानमन्त्री दाहालले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यताभन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने कोसिस भइरहेको बताउँदै त्यसलाई रोक्न पनि कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने अवस्था रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर