उपनिर्वाचन-२०८०

मौन अवधिमा रविको स्टाटस शेयर गरेपछि स्वर्णिमलाई आयोगले सोध्यो स्पष्टीकरण

तनहुँ क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि आज निर्वाचन आचारसंहिताप्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको उजुरी जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गरको हो/होइन? मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर