उपनिर्वाचन-२०८०

चितवन-२ को मतगणना १ बजेदेखि सुरु हुने

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकमा मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको एक नेताले जानकारी दिए।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर