वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ ।

गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाइँ गरी रथ तान्न सुरु गरिएको हो । आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिनअघिबाटै सुरु भए पनि आजबाट रथ तानिएको हो ।

रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिनाभर मनाउँछन् । यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन् ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर