चिनियाँ राष्ट्रपति सीले आठ महिनापछि बुझे नेपाली राजदूत श्रेष्ठको ओहदाको प्रमाणपत्र

चिनियाँ राष्ट्रपति सी चीनफिङले नियुक्त भएको आठ महिनापछि चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको ओहदाको प्रमाणपत्र बुझेका छन्।

राष्ट्रपति सीले सोमबार राजदूत श्रेष्ठको ओहदाको प्रमाणपत्र बुझेका हुन्।

राजदूत श्रेष्ठले बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेको बेइजिङिस्थत नेपाली दूतावासले जनाएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत ९ असारमा श्रेष्ठलाई राजदूत नियुक्त गरेकी थिइन्।

दूतावासका अनुसार श्रेष्ठले बुझाएको ओहदाको प्रमाणपत्र बुझ्दै चिनियाँ राष्ट्रपति सीले विश्वसँगको हातेमालोका लागि चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई अगाडि सारेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर