उपनिर्वाचन परिणामबारे माधव नेपाल भन्छन्- सबैकाे परीक्षाकाे घडी सुरु भएकाे छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन्।

उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरूले आफूलाई सुधार्नुपर्ने बताए। यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने उनको भनाइ छ।

उनले भने, ‘अवश्य पनि यसले केही सन्देश त दिएकै छ। प्रत्येक निर्वाचनले दिने परिणामको बारेमा विश्लेषण गर्नुपर्दछ। जनताको झुकावहरू कसैप्रति किन गइरहेको छ, कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के-के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडि बढ्नैपर्छ। गम्भीर चिन्तन मनन गर्नु आवश्यक छ। आफूमा भएका कमीकमजोरी सुधार्‍याे भने मात्रै जनताले विश्वास गर्छन्। होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन्। हुन त सबैको परीक्षाको घडी सुरु भएको छ। सबैले परीक्षामा पटक-पटक उत्तीर्ण हुनुपर्छ। त्यसमा सबैको ध्यान जाओस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर