साढे १० करोड बढी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख रुपैयाँ बढी भ्रष्टाचार गरेको ठहरसहित दर्ता गरेको एक मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नवीनकुमार गौली, नवीनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो।

अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरूको चल-अचल सम्पत्तिसमेत जफत गर्न मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तर, आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ पुस १ गते सफाइ दिने फैसला गरेको थियो।

हेर्नुहाेस् मुद्दाकाे पूर्ण विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *