अयोग्य लडाकुलाई रकम बाँड्ने विषयको संसदलाई यथार्थ जानकारी गराइयोस् : प्रदीप पौडेल

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २-२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।

सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे।

उनले भने, ‘अयोग्य लडाकुलाई २-२ लाख रुपैयाँ दिने निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वाभाविक होइन। त्यसकारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु, यो विषयमा के भएको हो, यथार्थ जानकारी सदनलाई गराइयोस्।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *