बुढ्यौलीको बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वाभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टर गरी विदेश लैजानु अस्वाभाविक भएको बताए।

उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २-२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताए।

उनले सरकार स्रोतमा हात हाल्न पाउने बितिक्कै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले यस्ता नकरात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए।

अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएका कारण पनि राम्रो मत आउन नसकेको बताए। उनले जनता विकल्पको खोजीमा रहेको स्पष्ट भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *