खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबररमहल, काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अनुज्ञापत्रका लागि सेवाग्राहीसँग लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अनुसन्धानको सिलसिलामा उनले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनका लागि १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीविरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानासमेतको मागदाबी लिएर मुद्दा दर्ता गरिएको दाहालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *