कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन

प्रहरी प्रधान कार्यालयले काठमाडौंको कपनमा भाँडा व्यवसायी नीरा पाण्डे आचार्यको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन गरेको छ ।

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख रहेकी एआईजी बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन भएको हो । टोलीको सदस्यहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी, काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र ब्यूरोकै एसएसपी दिनेश आचार्यलगायत छन् ।

याे पनि : कपन घटना : एक सातामा पनि खुलेन रहस्य, यी कोणबाट अनुसन्धान गर्दै प्रहरी

कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा भाँडा व्यवसायी पाण्डेको चक्कु प्रहारबाट विभत्स हत्या भएको थियो । घटनाको एक साता बढी समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया पाण्डेको हत्या भएको थियो। चक्कुले शरीरका दर्जनौं ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकीहरू अझै पनि त्रसित हुने गरेका छन् ।

बागलुङ घर भएकी नीराले त्यहाँ झन्डै एक दशकदेखि भाँडा पसल सञ्चालन गर्दै आएकी थिइन् ।

याे पनि : कपनमा भाँडा व्यवसायी नीरा पाण्डेको यसरी भएको थियो ‘विभत्स हत्या’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर