कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन्।

उनले कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए। उनले अहिले एउटा राजनीतिक दल नेकपा (एमाले) लक्षित गरी आक्रमण भइरहेको बताए।

उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिए।

सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर