धेरै रेमिट्यान्स भित्र्याएकोमा नेपाल एसबीआई बैंक सम्मानित

नेपाल एसबीआई बैंक लिमिटेड रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औं वार्षिक उत्सवमा बिहीबार नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार देलाई प्रशंसापत्र प्रदान गरेका हुन्।

आर्थिक वर्ष २०७८/०७९ भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेको राष्ट्र बैंकले जनाएको छ।

बैंकले आफ्ना ९३ पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, संस्थागत कार्यालय र १३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *