‘ए’ डिभिजन लिग : वर्षाका कारण हाफपछि राेकिए दुई खेल, एक खेल हुनै पाएन

शनिबारलाई तय भएका शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल वर्षाका कारण प्रभावित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेलमा पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेटपछि भारी वर्षा भएपछि स्थगित भएको छ ।

खेलको दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक-एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५५ औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

७२ औं मिनेटपछि भारी वर्षा भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच भिडन्त आइतबार हुनेछ । आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४:३० बजेबाट सुचारु हुनेछ ।

लिगअन्तर्गत शनिबारकै अर्को संकटा र जावलाखेल युथ क्लबबीचको खेल पनि वर्षाकै कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १-० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ ।

यस्तै दरशथ रंगशालामा अबेर तय भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३:३० बजेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर