जुवातास खेलिरहेको अवस्थामा चितवनबाट ८ जना पक्राउ

चितवनमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-१०, रेडक्रस चोक बस्ने रामबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर