एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी तिम्सिनाले गरे राजीनामाको घोषणा

प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले राजीनामा दिने घोषणा गरेका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्।

उनले आजैका मितिबाट प्रहरी सेवाबाट अलग रहने बताएका छन्।

नेपाल प्रहरीमा शुक्रबार जनपद समूहतर्फका १८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका थिए। त्यसमा आफू नपरेपछि एसपी तिम्सिनाले राजीनामाको घोषणा गरेका हुन्।

प्रहरी प्रधान कार्यालयले भने राजीनामा घोषणा गरेका एसपी तिम्सिनाको राजीनामा प्राप्त नभएको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले एसपी तिम्सिनाको राजीनामा हेडक्वार्टरमा नआएको बताए।

‘उहाँ (एसपी तिम्सिना) ले राजीनामा दिने घोषणा गरेको जानकारी मैले पनि समाचारहरूबाट पाएँ। तर हामीकहाँ उहाँको राजीनामा आइसकेको छैन,’ डीआईजी कडायतले पर्दाफाससँग भने, ‘पहिला उहाँले आफू कार्यरत कार्यालयमा राजीनामा दिनुपर्छ। त्यसपछि मात्र हामीकहाँ आउँछ र हामी गृह मन्त्रालयमा पठाउँछौं।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर