आगामी आर्थिक वर्षको बजेट गरिबका लागि खानेकुरा जस्तो बनेको छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्।

आइतबार काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए। उनले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए।

उनले आगामी आर्थिक वर्षको बजेट गरिबका लागि खानेकुरा जस्तो बनेको बताए। उनले राजस्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरू पनि खराब रहेको बताए।

मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर