मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुरको भैंसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई बौद्ध नयाँबस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ छन्।

उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्ने लोकबहादुर प्राखिनलाई भैंसेपाटीबाट पक्राउ गरी सोधपुछ गर्दै जाँदा सुजन तामाङ पनि पक्राउ परेका हुन्।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत, चापागाउँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *