सडक बनेपछि भुक्तानी दिन १ लाख घुस, उपभोक्ता समिति अध्यक्षसहित ३ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वरबाट १ लाख रुपैयाँ घुससहित ३ जना पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुईंकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेललाई पक्राउ परेका हुन्।

उनीहरूले योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घुस मागेको उजुरी अख्तियारमा परेको थियो। उनीहरूलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

यस्तै उनीहरूको साथबाट ३० हजार रुपैयाँको चेक पनि बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *