कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भारतीय युवक पाँच दिनपछि मृत भेटिए

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।

पाल्पाको रामपुर नगरपालिका-४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर-४, वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए ।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर-५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन् । शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए । शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर