बाजुरा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १:१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भई तीन पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर