अर्थमन्त्री महत र जर्मनीका राजदूतबीच भेटवार्ता

अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ।

बिहीबार अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

अर्थमन्त्रीसँगको भेटमा राजदूत प्रिन्जसँग केएफडब्ल्यू विकास बैंक, जीआइजी नेपाल र जर्मन राष्ट्रिय मेट्रोलोजी इन्स्टिच्युट (पीटीबी) का सहकर्मीहरू पनि सम्मिलित थिए।

भेटमा आपसी हितका विभिन्न विषय, विकासमा सहकार्य र द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको काठमाडौंस्थित जर्मनीको दूतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर