कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।

दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैँसिरमाथि चार/पाँच जनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए । ‘जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो-हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे,’ सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, ‘खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।’

सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईंलगायतका युवा समूह छन् । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ । ‘ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानूनी कारबाही हुन्छ,’ रावलले भने, ‘त्यसका लागि नेपाल प्रहरीसित पनि समन्वय भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर