भुटानी शरणार्थी प्रकरण

म्याद थपका लागि अदालत लगियो पूर्वगृहमन्त्री खाणलाई

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले पूर्वगृहमन्त्री खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर