ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए। उनले विकृति, विसंगति, बेथितिले नेताहरूको अनुहार लतपतिएको भन्दै सबै ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भए। उनले देश रूपान्तरणका लागि पहिला आफैँ रूपान्तरण हुन जरुरी रहेको बताए।

मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर