सिँचाइ कार्यालय बुटवलका प्रमुखसहित पाँचविरुद्ध एक कराेड बढी बिगाे मागदाबीसहित भ्रष्टाचार मुद्दा

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित पाँच जनाविरुद्ध एक कराेड रुपैयाँ बढी बिगाे मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किवासमा ट्युबबेलकाे काम भएकोमा काम सम्पन्न नभई  भुक्तानी दिए/लिएको आरोपमा मुद्दा दर्ता भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध ५३ लाख ७५ हजार २०० रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको देखाएर भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप छ।

यस्तै निर्माण कम्पनी भोलेबाबा कन्स्ट्रक्सन र सोका प्रोप्राइटर सुकबहादुर गुरुङ, अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध भने ६३ लाख ७ हजार ७४९ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि नगरेको कामलाई गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *