सुर्खेतका सहायक वन अधिकृतविरुद्ध साढे ७२ लाखको भ्रष्टाचार मुद्दा

सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ७२ लाख ५२ हजार ४८० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतमा कार्यरत मिश्रले २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको देखिएको छ। त्यसमध्ये ७२ लाख ५२ हजार ४८० रुपैयाँको स्रोत नखुलेको ठहरसहित उनीविरुद्ध मुद्दा दर्ता भएको हो।

मिश्रको वैध आम्दानी ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र हुनेमा उनको खर्च तथा लगानी १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

मिश्रले सरकारी सेवामा रहेका बेला श्रीमती हिरादेवीको नाममा जग्गा किनेको र घर बनाएको देखिएको अख्तियारले जनाएको छ। अख्तियारले हिरादेवीको नाममा रहेको घरजग्गा पनि जफत गर्न माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *