अमेरिका पठाइदिने भन्दै १५ लाख ठगी, एक जना पक्राउ

अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका वडा नं. २० घर भई वडा नं १५ बस्ने ५६ वर्षका ओम शाक्य छन्।

प्रहरीका अनुसार उनले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने, त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रतिष्ठित होटलमा काममा लगाइदिने भन्दै प्रलोभनमा पारेका थिए।

त्यसका लागि २० लाख रुपैयाँ लाग्ने भनेर पटक-पटक गरी पीडितबाट १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका उनलाई शुक्रबार कालीमाटीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *