परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बंगलादेशमा भेटवार्ता

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीभच भेटवार्ता भएको छ।

बंगलादेशको राजधानी ढाकामा आयोजित दुई दिने ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स-२०२३’ मा सहभागी साउद र जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो।

साउद नेपालको परराष्ट्रमन्त्री नियुक्त भएपछि जयशंकरसँग भएकाे याे पहिलो भेट हो।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा तस्बिर शेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले साउदलाई उनको नयाँ जिम्मेवारीका लागि बधाई व्यक्त गरेका छन्।

भेटमा आफूहरूबीच आपसी साझेदारी, ऊर्जा, कनेक्टिभिटी र दुई देशका जनता-जनताबीचको सम्बन्धबारेमा कुराकानी भएको जयशंकरले उल्लेख गरेका छन्।

जवाफी ट्विट गर्दै परराष्ट्रमन्त्री साउदले जयशंकरसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

 

आपसको उत्कृष्ट द्विपक्षीय सहकार्य बढाउन जयशंकरसँग मिलेर काम गर्न आफू तयार रहेको साउदले उल्लेख गरेका छन्।

परराष्ट्रमन्त्री साउद आजै मध्याह्न बंगलादेश गएका थिए। उनी सहभागी कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो।

त्यहाँ रहँदा परराष्ट्रमन्त्री साउदले बंगलादेशी राष्ट्रपति शेख हसिनासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर