चीनले हम्बनटोटा बन्दरगाह युद्धका लागि प्रयोग गर्न मिल्दैन : श्रीलंका

श्रीलंकाका बन्दरगाह, ढुवानी तथा उड्डयनमन्त्री निमल सिरिपाला डे सिल्भाले हम्बनटोटा बन्दरगाहलाई चीनले युद्धमा प्रयोग गर्न नमिल्ने बताएका छन् । वियन न्यूजका लागि पत्रकार सिद्धान्त सिबलले लिएकाे एक्सक्लुसिभ अन्तर्वार्तामा मन्त्री सिल्भाले यस्ताे बताएका हुन् । चीनलाई व्यापारका लागि यो बन्दरगाह हस्तान्तरण गरिएको भन्दै उनले युद्ध र सुरक्षाका लागि प्रयोग गर्न नदिने सुनिश्चित गरिएको जानकारी दिए ।

श्रीलंकाले चीनको ऋणमा उक्त बन्दरगाह निर्माण गरेको थियो । तर, बन्दरगाह राम्रोसँग सञ्चालन गर्न नसक्दा चिनियाँ ऋणले देशको नै अर्थतन्त्रमा समस्या ल्याएको थियो । त्यसपछि भारत र अमेरिकालाई बन्दरगाह सञ्चालनका लागि प्रयास गरे पनि चीनको ऋणका कारण उसैलाई दिनुपरेको मन्त्री सिल्भाले बताएका छन् ।

बंगलादेशमा छैटौं अन्तर्राष्ट्रिय हिन्द महासागर सम्मेलनमा सहभागी हुन आएका उनले कोलम्बो बन्दरगाह, भारतीय अर्बपति गौतम अडानीले श्रीलंकामा गरेको लगानीको विषयमा भारतसँग राम्रो सम्बन्ध भएको बताए ।

‘भारतसँग हाम्रो राम्रो सम्बन्ध छ । भारतले सहयोग गरिरहेको छ । भारतबाट हाम्रा एयरपोर्टहरूमा उडानहरू सुरु गरेका छौं । हामीले मद्राससम्म फेरि सेवा सुरु गरेका छौं । हामीले कनेक्टिभिटी बढाएका छौं,’ उनले भने । ‘हामीले भारतको सुरक्षालाई ध्यानमा राख्नुपर्छ। हामीसँग धेरै मैत्रीपूर्ण सम्बन्ध छ,’ उनले भने ।

नयाँ दिल्लीले कोलम्बोलाई आफ्नो ऊर्जा क्षेत्र निर्माण गर्न मद्दत गरिरहेको मन्त्री सिल्भाको भनाइ थियो । ‘हामीले भारतलाई त्रिन्कोमाली बन्दरगाहमा आउन र मूल्य अभिवृद्धि गर्न अनुरोध गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर