बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका छन्। मन्त्री साउद र प्रधानमन्त्री हसिनाबीच आइतबार गणभवनमा भेटवार्ता भएको हो।

भेटमा सीमापार सम्पर्क, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायतका विषयमा केन्द्रित रहेर नेपाल-बंगलादेश सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ।

बंगलादेशको राजधानी ढाकामा आयोजित दुई दिने ‘छैटौं इण्डियन ओसन कन्फ्रेन्स-२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार त्यसतर्फ गएका थिए।

उक्त सम्मेलन शुक्रबार र शनिबार भारतीय विदेश मन्त्रालय, इण्डिया फाउण्डेशन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री साउदले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, जापानको विदेश मामिलाका लागि संसदीय उपमन्त्री ताकागी केई, सिंगापुरका विदेश मामिला मन्त्री डा. मोहम्मद मलिकी बिन उस्मानसँग पनि भेटवार्ता गरेका छन्।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री साउदले रणनीतिक, आर्थिक र पारिस्थितिकीय अन्तरनिर्भरताको सन्दर्भमा हिन्द महासागर क्षेत्रको महत्त्वमा जोड दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर