भुटानी शरणार्थी प्रकरण

राप्रपाले जेठ ४ गते भ्रष्टाचारविरुद्ध खबरदारीसभा गर्ने

प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले भुटानी शरणार्थी प्रकरणको विरोधमा यही जेठ ४ गते काठमाडौंको बसन्तपुरमा खबरदारीसभा गर्ने भएको छ।

सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरूको विरोधमा खबरदारीसभा गर्न लागिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा उनले साे जानकारी दिएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन पनि नेपाल सरकारसँग माग गरे।

लिङ्देनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाइदिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन्।

नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने उनले बताए। अध्यक्ष लिङ्देनले सो प्रकरणमा संलग्नहरू ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरू कसैले पनि उन्मुक्ति पाउन नहुने बताए।

उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

यसैबीच राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्न जेठ १ गते सोमबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *