भुटानी शरणार्थी प्रकरण

सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाणको बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको सरकारी वकिलको कार्यालय, बबरमहलमा बयान सुरु भएको छ।

हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएका खाणलाई आज सरकारी वकिलको कार्यालयमा लगेर बयान लिन थालिएको हो।

यसअघि पक्राउ परेका ११ जनको बयान सकिएको छ भने यही प्रकरणमा आइतबार पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ।

रायमाझी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। २० वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी १० दिनपछि हिजो काठमाडौंकाे बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर