सेनाको सफा हिमाल अभियान टोली सगरमाथाको चुचुरोमा

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान-२०२३’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।

अभियानअन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित दश जनाले सोमबार सगरमाथा आरोहण गरेका हुन्।

टोलीका नेतृत्वकर्ता प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन्।

उनीहरूसँगै माउन्टेन गाइडको रूपमा भोजपुरका ओङ्छु शेर्पा, संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले समेत सगरमाथाको सफल आरोहण गरेका हुन्।

यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।

२०७९ चैत १४ गतेदेखि सुरु भएको सफा हिमाल अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भइसकेको छ। यो अभियान विश्व वातावरण दिवस (जुन ५) मा समापन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर