संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले समितिले निस्कर्ष निकालेर विषयहरूलाई तोडमोड गर्न नहुने बताए। उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए।

उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए।

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर