नेपाली कांग्रेस किंकर्तव्यविमूढ भयो : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा मदन-आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले अहिलेको सा गठबन्धन सत्तामा मात्रै सीमित रहेको आरोप लगाए। उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए।

उनले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको बताए। उनले कांग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए।

उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्न मात्रै गरिएको गठबन्धन भएको बताए। अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको बताए।

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए। उनले अहिलेको सत्ता गठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *