सन्दीप लामिछानेको मुद्दा निरौला र ढुंगेलको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैँ मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए ।

सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी(२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर