काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा दश जना पक्राउ

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा दश जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-६, बौद्ध, तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसहित दश जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर