मुम्बई आक्रमणका अभियुक्त राणालाई सुपुर्दगी गर्न अमेरिकाको अनुमति

अमेरिकाको एक अदालतले सन् २००८ मा मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणालाई सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियास्थित एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी गर्न अनुमति दिएको हो ।

मुम्बईमा २८ नोभेम्बर २००८ मा भएको आक्रमणमा लस्कर–ए–तैयबाको संलग्नता रहेको थियो । यी आक्रमणमा भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए)ले पाकिस्तानी मूलका क्यानाडेली व्यापारी राणको भूमिकाको विषयमा जाँच गरिरहेको छ । भारतले सुुपुर्दगीको लागि अनुरोध गरेपछि अमेरिकाले राणालाई पक्राउ गरेको थियो ।

अदालतमा सुनुवाइको क्रममा अमेरिकी सरकारी वकिलले राणाका साथी उक्त संगठनमा संलग्न रहेको जानकारी उनलाई भएको तर्क गरेका थिए । पाकिस्तानी–अमेरिकी नागरिक डेभिड कोलम्यान लस्कर–ए–तैयबामा संलग्न रहेको र राणाले उनलाई सहयोग गरेको वकिलहरुको भनाइ थियो । राणाले आतंकवादी संगठन र यसमा जोडिएका व्यक्तिहरुलाई पनि सहयोग गरेको आरोप छ ।

भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको सुपुर्दगी उक्त सन्धिको क्षेत्राधिकारभित्र रहेको जनाएका छन् । मुम्बई आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो, जसमा ६ अमेरिकी पनि थिए । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर