आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।

बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोधसभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन्।

उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरूको चासोमा अगाडि बढेको बताए। उनले यो काण्डको अनुसन्धान पूर्ण नभइकन फाइल अदालतमा जाने दिशामा रहेको बताए।

उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताए। उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसहरूले उन्मुक्ति पाउन नहुने बताए।

उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने बताए। उनले अपराधमा संलग्नहरूलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्तेसम्बन्धी अपराध मुद्दाहरू चलाउन आग्रह गरे।

उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए। उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूला-ठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए।

उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताए। उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो-चाँडो दण्डित हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *