सरकारको नीति तथा कार्यक्रम

सरकारले कर प्रणाली पुनरवलोकन गर्ने

सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गर्ने, सहकारी तथा लघुवित्तको नियमनमा कडाइ गर्ने भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ,’ उनले भने ।

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखाँै नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर